शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महामारीकै बीच भारतमा सुनको मागमा १९ प्रतिशतको बृद्धि, महामारी अघिको भन्दा भने अझै कम

शुक्रबार, १५ साउन २०७८, १४ : ११
शुक्रबार, १५ साउन २०७८

कोरोना महामारीको दोस्रो लहरको बावजुद पनि भारतमा २०२१ को अप्रिल र जुन महिनामा सुनको माग १९.२ प्रतिशतले बृद्धि भएको छ । उक्त समय भारतका अधिकांश भागमा कोरोना महामारीको दोस्रो लहरको प्रभाव परेको थियो । अप्रिल र जुनमा भारतमा सुनको माग बढेर ७६.१ टन भएको छ जुन गत वर्षको सोही अवधिमा ६३.८ टन रहेको थियो । 

तथापी, कोरोना महामारी सुरु हुनु अघि अर्थात २०१९ को जुन महिनाको भन्दा चाहिँ अझै यो दुई तिहाई कम हो । वर्ल्ड गोल्ड काउन्सिल भारतका अनुसार २०१९ को जुनमा भारतमा २१३.२ टन सुनको माग थियो ।

महामारीको दौरान भारतमा सुनका गरगहनाको माग ५५.१ टन र सुनमा लगानीको २१ टन माग भएको छ । अप्रिल र जुनमा १२०.४ टन सुन आयात गरेको छ जबकी अघिल्लो वर्ष यस अवधिमा कोभिडका कारण जम्मा १०.९ टन मात्रै आयात भएको थियो । 

भारतमा सुनको प्रति व्यक्ति खपत पनि घटेको छ । भारतमा प्रति व्यक्ति सुनको खपत २०१८ मा ०.६ ग्राम, २०१९ मा ०.५ ग्राम र २०२० मा ०.३ ग्राम रहेको छ । केन्द्रीय बैंकको जुन महिनाको खरिद २१४ प्रतिशत भन्दा बढी रहेको थियो । यो वर्ष जुन महिनामा यो १९९.९ टन रहेको छ भने गत वर्ष यहि अवधिमा ६३.७ टन खरिद गरेको थियो ।  वैश्विक स्तरमा जुनमा ईटीएफमा सुनको माग ९० प्रतिशत कम रह्यो । एक वर्ष अगाडि यो ४२७.५ टन थियो । ताकि पछिल्लो त्रैमासमा ४०.७ टन रहेको थियो । 

टेक्नोलोजीको क्षेत्रमा पनि सनको माग जुन महिनामा १८ प्रतिशत बढेर ८० टन पुगेको थियो जुन गत वर्ष ६८.१ टन रहेको भारतिय अनलाइन पत्रिका दैनिक भास्करले जनाएको छ ।

सुन रिसाइक्लिङमा ४३ प्रतिशतको बृद्धि
भारतमा सुन रिसाइक्लिङ ४३ प्रतिशत भन्दा माथि रहेको छ । यसको मुख्य कारण कोरोना महामारीका कारण मुलुकमा आएको आर्थिक मन्दी नै हो । अप्रिल र जुन महिनामा १९.७ टन सुन रिसाइकल भएको थियो जबकि पछिल्लो वर्ष यहि अवधिमा १३.८ टन सुन रिसाइकल भएको थियो । 

जुनको दोस्रो हप्ता सुनका गरगहना खरिदकर्ताको प्रति १० ग्राम २३५ देखि २६० रुपैयाँ डिस्काउन्ट दिएको थियो । जुनको तेस्रो हप्ताबाट आर्थिक गतिविधिमा तिव्रता आएसँगै यो डिस्काउन्ट घटेर प्रति १० ग्राम १०५ भारतिय रुपैयाँमा आएको थियो ।

वैश्विक स्तरमा जुन महिनामा सुनको माग १ प्रतिशत घटेर ९५५.१ टन रहेको थियो जबकि यसको सप्लाई १३ प्रतिशत भन्दा धेरै रहेको छ । आज भारतमा सुनको मूल्य भारतिय रुपैयाँ ४८ हजार कायम रहेको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप