बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मृत्युको ताण्डव

शुक्रबार, १५ साउन २०७८, १४ : २२
शुक्रबार, १५ साउन २०७८

 

 

–सुजित स्वरूप


हे भगवान्, मेरो प्रभु !
यो पृथ्वीलोक
तिम्रै आविष्कार होइन र ?
यहाँका बासिन्दा हामी 
तिम्रै सन्तान होइनौँ र ?
सिंहासन तिमीलाई 
कति प्यारो भएको ?
आफ्नो भक्तभन्दा पनि ।

हिजो त्यो रातो सिउँदो
आज रङविहीन छ
गुराँसझैँ फक्रिएको अनुहारमा 
कालो बादल छाएको छ
आमाको काख रित्तो 
र एउटा दूधेकबालक
अनाथ भएको छ ।

मन्दिर, मस्जिद 
चर्च, गुम्बा 
कहाँ छौ तिमी ?
उठ
बाहिर निस्क
र हेर
मालीको फूलबारी 
सुनसान छ
फूलहरू मुर्छित छन् 
कति त मृत्यु शय्यामा
दागबत्ती नपाएर
त्यतिकै छरपस्ट ।

तिम्रा औँला काटिँदा पनि 
किन यति शान्त ?
किन चुपचाप ?
भो
अब मौनता तोड
हतियार उठाऊ
छोड अभेद्य वाण
र विनाश गर
त्यो अदृश्य शत्रुलाई
बन्द गर मृत्यु लोकमा 
मृत्युको यो ताण्डव ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप