शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीमा सक्रियलाई बारबरा फाउन्डेशनले सम्मान गर्ने

शुक्रबार, १५ साउन २०७८, १४ : ४७
शुक्रबार, १५ साउन २०७८

महामारीको समय फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा  ७ वटा संस्थालाई बारबरा फाउन्डेशनले कोभिड १९ विशेष सम्मान प्रदान गर्ने भएको छ । 

बारबरा फाउन्डेशनका अध्यक्ष डाक्टर सन्दुक रुइतका अनुसार फाउन्डेशनले संस्थागत विधातर्फ सातवटा संस्थालाई सम्मान गर्दैछ । जसमा भारतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा छन् । यसैगरी, फाउन्डेशनले २० जना चिकित्सकलाई जनही नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान प्रदान गर्ने भएको छ । 

२७ जना नर्सलाई १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ । त्यसैगरी व्यवस्थापन तथा सार्वजनिक नीति विधाअन्तर्गत १९ जना व्यवस्थापकहरुलाई सम्मान गर्दैछ । यस विधातर्फ तीनजनाले सम्मानसँगै २ लाख ५० हजार रुपैयाँ नगद पनि प्राप्त गर्नेछन् । 

ल्याब–प्यारा मेडिकललगायत विभिन्न क्षेत्रबाट उत्कृष्ट योगदान गर्ने ९ जना मेडिकल सर्पोट कर्मचारीलाई जनही १ लाख रुपैयाँले सम्मान गर्दैछ । त्यसैगरी, फ्रन्टलाईनमा सक्रिय पाँचजना स्वास्थ सहयोगी कर्मचारीलाई जनही नगद १ लाख रुपैयाँले सम्मान गर्दैछ । सम्मान शनिबार वितरण हुनेछ । 

सम्मानित हुनेहरुको सूची यस्तो छः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप