शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदीप गिरीको भीम रावललाई जवाफ  : अर्कालाई उचोँनिचो देखाएर मुखको तितो नपोखौँ

शुक्रबार, १५ साउन २०७८, १४ : ५५
शुक्रबार, १५ साउन २०७८

नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले विदेश नीतिका बारेमा राजनीतिक दलहरुले साझा अवधारणा बनाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका सांसद गिरीले पूर्ववक्ता सांसदलाई जवाफ दिँदै नेपालको स्पष्ट विदेश नीति नभएको फाइदा उठाउँदै कुनैपनि देशप्रति उग्र अभिव्यक्ति नदिन आग्रह गरे । 

उनले एससीसी परियोजनाको प्रस्ताव अमेरिकाबाट आएको बताउँदै त्यस्ता प्रस्ताव अरु छिमेकी देशबाट पनि आउन सक्ने बताए । नेपाल गरिब नभएपनि मानसिकता दरिद्र रहेका वैदेशिक सहयोगका बारे मतभेद हुने उल्लेख गरे ।  

उनले भारत, चीन अमेरिका, यूरोपियन युनियनमा ती देशमा बिदेश नीतिका बारेमा यत्रो ज्यादा उग्र मतभेद हुन्छ ? भन्दै प्रश्न गरे । भारत, चीन र अमेरिकाको नेपाल हेर्ने दृष्टिकोण ठीक बेठीक जे भएपनि उनीहरुको स्पष्ट दृष्टिकोण रहेको उल्लेख गरे । 

उनले आफूले एमसीसीको पक्ष वा विपक्षमा धारणा नराख्ने बताउँदै नेपालमा अहिले लोकतन्त्रका नाममा दलतन्त्र रहेको बताउँदै राजनीतिक दलहरुले किन साझा विदेशनीति बनाउन सक्दैनन् भन्ने प्रश्न गरे । 

उनले भने–‘जवसम्म मुलुकका ठूला दलहरु साझा विदेश नीतिप्रति प्रतिबद्ध हुँदैनन् । हामीहरु मध्ये प्रत्येकले एक अर्कालाई उचोँनिचो देखाएर मुखको तितो मात्रै पोख्छौँ । म खास सन्धीको बारेमा टिप्पणी गर्न चाहन्न, हामी बैदेशिक सहायता नलिएर पनि बाँच्न सक्छौँ । हामीले हाम्रो देशको संसाधनलाई माल नपाएर चाल नपाएको अवस्थामा छौँ । कोही मन्त्री प्रधानमन्त्री छैनन् जसले आफ्नो आत्मा चिहाएर हेरेका छैनन्, बाहिर मात्रै हेरेका छन् लिने कुरामा पनि दिने कुरामा पनि ।’

उनले भारत, चीन, अमेरिकाप्रति साझा दृष्टिकोण बनाउन राजनीतिक दलहरूलाई आग्रह गरे । सांसद गिरीले बोल्नुअघि एमाले सांसद भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसीको बारेमा अभिव्यक्ति दिएका थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप