शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कार्यालयमा खीर खाने कार्यक्रम, नेताहरुले माधव नेपाललाई सम्झिए (फोटोफिचर)

शुक्रबार, १५ साउन २०७८, १६ : १७
शुक्रबार, १५ साउन २०७८

साउन १५ को अवसरमा नेकपा एमालेको केपी ओली समूहले पार्टी कार्यालयमा खीर खाने कार्यक्रम गर्‍यो । शुक्रबार दिउँसो पार्टी कार्यालय थापाथलीमा गरिएको कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल समूहका कुनै पनि नेता कार्यकर्ता देखिएनन् ।  झन्डै आधा घण्टा चलेको खीर खाने कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पूर्व मन्त्री लालबाबु पण्डित, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल लगायतका नेताहरु पुगेका थिए । 

खीर खाँदै केही नेताहरुले माधव नेपाललाई सम्झिएका थिए । एमालेको खीर खाने कार्यक्रमको मेनुमा खीर र आलुको तरकारी रहेको थियो ।   कार्यक्रमलाई महासचिव पोखरेलले सम्बोधन गर्दै साउन १५ का अवसरमा बधाई तथा शुभकामना दिए  । 

उनले पार्टी एकताका लागि अधिकतम प्रयास गरिरहेको र अधिकतम प्रयासलाई अनन्तकालसम्म लान नहुने बताए । उनले देशभरका कार्यकर्ताले पार्टीलाई अनिश्चयको बाटोमा नलगी एउटा टुङ्गोमा पु¥याउन आग्रह गरेको सञ्चारकर्मीलाई बताए ।  तस्बिर : कृष्ण खड्का/रातोपाटी​
हेर्नुहोस् तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप