शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली नदीमा जीप खस्दा आमाबाबु बेपत्ता, तीन जना छोराछोरीको उद्धार

शुक्रबार, १५ साउन २०७८, १६ : ४६
शुक्रबार, १५ साउन २०७८

कैलालीको कर्णाली नदीमा जीप खस्दा २ जना बेपत्ता भएका छन् । शुक्रबार कैलालीको मोहन्याल गाउँपालिका ७ बाका स्थित चिसापानी देखि सोल्टा जाने कच्ची सडक खण्डमा नम्बर नखुलेको जीप सडकमा ब्याक गर्ने क्रममा कर्णाली नदीमा खस्दा २ जना बेपत्ता भएका हुन् ।

डोटी आदर्श गाउँपालिका काडे साउले बस्ने चालक चन्द्र प्रकाश जोशी र सोही ठाउँका रुपी जोशी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले रातोपाटीलाई जानकारी दिए । 

जीप खसेको जानकारी पाउना साथ प्रहरी टोली घटना स्थलमा खटिई खोजतलास गर्दा ३ जना बच्चा झाडीमा फेला पारी उद्धार गरिएको उनले बताए । अन्दाजी १०/१२ बर्षकी लक्ष्मी जोशी, भाइ अन्दाजी २/३ वर्षको भुवन जोशी र बहिनी अन्दाजी ४/ ५ वर्षकी  साबित्री जोशीको उद्धार गरिएको छ । यसमध्ये भुवन र साबित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  

तीनै जनाको लम्कीको लालरत्न अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागी नेपालगन्ज रेफर गरिएको उनले बताए । जीपमा एकै परिवारका ३ जना भाइबहिनी, आमा बुबा गरी  ५ जना सवार रहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । जीप ३ सय  मिटर तल नदीमा खसेको र बेपत्ता र जीपको प्रहरीले खोजी कार्य गरी रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप