बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चाँगुनारायण नगरपालिकाले पत्रकार महासंघको भवन बनाउन २५ लाख दिने

शुक्रबार, १५ साउन २०७८, १७ : २८
शुक्रबार, १५ साउन २०७८

चाँगुनारायण नगरपालिकाले पत्रकार महासंघको भवन बनाउन आर्थिक सहयोग गर्ने भएको छ ।  शुक्रबार नगरपालिकाको ९ औं परिषदबाट पारित बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सोमप्रसाद मिश्रले भने, ‘हामीले नगर परिषदबाट पारित गरेर पत्रकार महाँसंघको भवन बनाउन नगद २५ लाख रुपैयाँ विनियोजन गरेका छौं ।’ 

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेमा रहेको जग्गामा भवन निर्माण गर्ने तयारीमा पत्रकार महासंघ भक्तपुर लागेको छ ।  आर्थिक वर्ष २०७८/०७९को चाँगुनारायण नगरपालिकाको कुल बजेट एक अर्ब नब्बे करोड चौसठ्ठी लाख चौरासी हजार दुई सय चौवन्न रुपैँया रहेको छ ।  
जसको एक अर्ब चौबिस करोड दुई लाख चौहत्तर हजार सात सय चौवन्न रुपैँया पूँजीगतमा ६५ दशमलब शून्य पाँच प्रतिशत रहेको छ । चालूतर्फ छैसठ्ठी करोड बयसठ्ठी लाख नौ हजार पाँच सय रुपैँया चौंतिस दशमलब सून्य नौ प्रतिशत विनियोजन भएको छ ।  नगरपालिकाको आन्तरिक आयको प्रमुख श्रोतको रुपमा रहेको व्यवसाय, रजिष्ट्रेसन, सिफारिश, माटो पानी ठेक्का, घर नक्सा पास रहेका छन् । यी दस्तुरबाट अठ्ठाइस करोड चौरासी लाख पाँचहजार प्रक्षेपित आन्तरिक आय अनुमान रहेको नगपालिकाका प्रवक्ता परासर सापकोटाले जानकारी दिए । 
वित्तीय समानीकरण अनुदानतर्फ संघीय सरकारबाट रु सत्र करोड पैतालीस लाख र सशर्तबाट रु तैत्तिस करोड तीन लाख प्राप्त भएको छ । 
राजश्व बाँडफाडबाट रु आठ करोड त्रियानब्बे लाख त्रिपन्न हजार र सबारी साधनको राजश्व बाँडफाँडबाट ६ करोड दुई लाख सत्ताईस हजार प्राप्त भएको छ । 
चाँगुनारायण नगरपालिकाको नगर कार्यपालिकाको आफ्नै भवन निर्माण लागि १२ करोड विनियोजन गरेको छ । आगामी वर्षको समयावधिमा सम्पन्न हुने सो नयाँ भवनबाटै सेवा प्रबाह हुने जानकारी समेत दिएको छ । 
नगरसभाले भौतिक पूर्वाधारतर्फ सडक तथा पुल निर्माणका लागि पच्चपन्न करोड छत्तीस लाख पैसठ्ठी हजार छयत्तर विनियोजन गरेको छ । 
नगरमै रहेका बेरोजगार युवाहरुलाई लक्षित गरी मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत यूवाको सम्बद्र्धन उद्यमशीलता प्रर्बद्धन कार्यक्रमका लागि यस बर्ष पनि रु ३ करोड निरन्तरता दिएको उनको  भनाई छ । 
नगरभित्रका मुख्य–मुख्य सडकमा बिजुली बत्तीको व्यवस्थापन गर्न यसबर्ष रु पैसठ्ठी लाख विनियोजन गरिएको छ ।  
चाँगुनारायण नगरपालिकाको सडक तथा यातायात क्षेत्रको विकासका लागि सडकको निर्माण, स्तरोन्नति तथा कालोपत्रे, ढलानका लागि वडागत योजना तथा ठूला पूर्वाधारसहित असी करोड चौरासी लाख छपन्न हजार दुई सय चौरानब्बे विनियोजन गरेको छ ।
बजेटमा एक घर, एक धारा कार्यक्रम अन्तर्गत नगरबासीहरुको खानेपानीमा पहुँच सुनिश्चित गर्न खानेपानीमा रु तेह्र करोड त्रियानब्बे लाख एकासी हजार आठ सय छयालिस विनियोजन गरिएको छ । 
सामुदायिक विद्यालयमा छात्राहरुको शिक्षा, बालविवाह निरुत्साहन र किशोरीहरुको सुरक्षित भविष्य निर्माणमा सहयोगका लागि बचत खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रममा रु पच्पन्न लाख र प्राविधिक शिक्षालाई प्रोत्साहन, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षामा कुल तीन करोड अठाइस लाख सत्तरी हजार बजेट विनियोजन गरेको उपप्रमुख बिना बास्तोलाले जानकारी दिइन् । 
यो आर्थिक वर्षमा मेड इन चाँगु, फ्री वाइफाई, मेट्रिक सिस्टम हाउस नम्बरिङ्गलगायतल धेरै जनमुखि कार्यक्रम पारित भएको नगरप्रमुख मिश्रको भनाई रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप