शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकद्वारा बाल अस्पताल निर्माणका लागि चाइल्ड हेल्थलाई १ करोड सहयोग

शुक्रबार, १५ साउन २०७८, १७ : ३८
शुक्रबार, १५ साउन २०७८

काठमाडौं । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । 

बालबालिकाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।

सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका डा. भगवान कोइराला र सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप