नक्साल भगवती र जय नेपाल चोकमा ट्राफिक बत्ती जडान

person explore access_timeसाउन १५, २०७८ chat_bubble_outline0

नक्साल भगवती र जय नेपाल चोक अगाडि ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ महानगरपालिका–१ को सहकार्यमा जय नेपाल चोक र कुमारी बैंकको सहकार्यमा नक्साल भगवतीको चोकमा ट्राफिक बत्ती जडान गरेको हो । 

जय नेपाल चोकमा जडान गरिएको बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामनपा–१ का वडाअध्यक्ष भरतलाल श्रेष्ठले संयुक्त उद्घाटन गरे । यस्तै, नक्साल भगवतीमा जडान गरिएको बत्तीको महाशाखा प्रमुख भट्टराई र कुमारी बैंकका अधिकृत रामचन्द्र खनालले उद्घाटन गरेका थिए ।

कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले प्रविधिमार्फत सडक व्यवस्थापनका लागि सडक बत्तीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “काठमाडौँ उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई महाशाखाले प्राथमिकता दिँदै आएको छ,” उनले भने ।

काठमाडौँ महानगरपालिका–१ का वडाअध्यक्ष श्रेष्ठले ट्राफिक बत्तीको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कुमारी बैंकका अधिकृत खनालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ट्राफिक बत्ती जडान कार्यलाई सहयोग गरिएको बताए । आगामी दिनपनि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने उनको भनाइ थियो । 

महाशाखाले हालसम्म उपत्यकाका ३४ चोकमा ट्राफिक बत्तीमार्फत ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्यूनीकरणको लागी आगामी दिनमा अन्य चोकमा ट्राफिक बत्ती जडानको लागि समन्वय गर्ने महाशाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहले जानकारी दिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Ads by Adalytics