बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा दुई फरार प्रतिवादी पक्राउ

शुक्रबार, १५ साउन २०७८, १८ : १२
शुक्रबार, १५ साउन २०७८

सुर्खेत प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ बस्ने वर्ष ३१ का हर्कबहादुर विक र वडा नं.–२ बाङ्गेसिमल बस्ने वर्ष ३४ का धर्मराज न्यौपाने रहेका रहेका छन् । हर्कबहादुरलाई कुटपिट मुद्दामा सुर्खेत जिल्ला अदालतको फैसलाले एक महिना ४ दिन कैद भुक्तानका लागि पक्राउ गरिएको हो । 

विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरो र ईलाका प्रहरी कार्यालय अवलचिंङ बाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई चिङ्गाड गाउँपालिका ५ धरम पोखराबाट पक्राउ गरेका हो । 

यस्तै धर्मराजलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालत सुर्खेतको आदेशले पाँच हजार जरिवाना र १ वर्ष कैद भुक्तानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।   पक्राउ परेका दुई जनालाई  जिल्ला अदालतमा उपस्थित गराइएको घर्तीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप