शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति लाइफद्वारा ललितपुर महानगरपालिकाका कर्मचारीको १० लाख मृत्यु दावी भुक्तानी

शुक्रबार, १५ साउन २०७८, १९ : ३५
शुक्रबार, १५ साउन २०७८

ललितपुर । ज्योति लाइफ इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारी बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापत १० लाख ९४ हजार ५ सय रुपैयाँ अवालेका श्रीमती बिमला श्रेष्ठ अवालेलाई प्रदान गरेको छ । स्व. अवालेको बैशाख २९ गते कोरोना सङ्क्रमणको कारण मृत्यु भएको थियो । 

महानगरपालिकाले कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा गरेको थियो । 

ज्योति लाइफले आफ्नो स्थापना देखी नै बिभिन्न कार्यालयमा काम गर्ने कर्मचारीको आवश्यकता एवं बजेटको आधारमा बिभिन्न सुबिधा लिन मिल्ने गरी कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा योजना बिक्री गर्दै आएको जनाएको छ । ज्योति लाइफले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकता राखेको पनि जनाएको छ । 

ललितपुर महानगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख चिरिबाबु महर्जनले स्व. अवाले अत्यन्त मेहनती कर्मचारी रहेको र वहाँको निधनले महानगरपालिकालाई अपुरणीय क्षती भएको बताए । उनले स्व. अवालेकी श्रीमती बिमला श्रेष्ठ अवालेलाई महानगरपालिकामा रोजगारीको ब्यवस्था समेत गरिसकेको बताए । 

ज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले कर्मचारीको जोखिमको लागि महानगरपालिकाले पहल गरेको कर्मचारी बीमा मार्फत सहयोग गर्न सकेकोमा महानगरपालिकालाई धन्यबाद दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप