शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अत्तरखेलमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

शुक्रबार, १५ साउन २०७८, १९ : ४६
शुक्रबार, १५ साउन २०७८

गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेलमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शुक्रबार गोकर्णेश्वरको अत्तरखेलमा ट्रकले पैदल हिडिरहेका रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्कालाई बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले ठक्कर दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको नेपाल मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सिन्धुपाल्चोक जलबिरे स्थायी घर भई हाल माकलबारी बस्ने वर्ष २४ वर्षीय चालक कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप