शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिल्पाले मिडिया विरुद्ध हालेको मुद्दामा उच्च अदालतले भन्यो – 'मानहानी भएको छैन'

शनिबार, १६ साउन २०७८, ०८ : ४७
शनिबार, १६ साउन २०७८

बलिउड अभिनेत्री शिल्पा शेट्टीले दायर गरेको मुद्दाको विषयमा छलफल भएको छ । मुम्बई उच्च अदालतले सञ्चार माध्यम र सामाजिक सञ्जालमा शिल्पा र कुन्द्राको विषयमा समाचार छापिनु मानहानी नभएको बताएको छ ।

सुनुवाइपछि शेट्टीविरुद्धका केही भिडियोहरू भने हटाइएको छ । न्यायाधीश गौतम पटेलले शिल्पाको निवेदनमाथि मध्यनजर गर्दै मिडियामाथि रोक लगाउनु प्रेस स्वतन्त्रतामाथि गलत प्रभाव पर्ने उल्लेख गरिएको छ । 

सुनुवाइको क्रममा प्रहरीका अनुसार समाचार बनाउनु गलत नभएको उल्लेख गरिएको छ । 

नायिका शिल्पा शेट्टीले २९ मिडियाकर्मी र मिडियाबिरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी थिइन् । उनले मिडियाले झूठो रिपोर्टिङ गरेको र आफ्नो छवि बिगारेको शेट्टीले आरोप लगाएकी थिइन् ।

अश्लील फिल्म निर्माण र प्रसारणको मामलामा शिल्पाका पति राज कुन्द्रा विवादमा फसेका छन् । हरेक दिन यो विषयसँग जोडिएर केही न केही समाचारहरु भारतीय मिडियामा आइरहेका छन् । जसका कारण शिल्पाका पति झन्–झन् समस्यामा पर्न थालेपछि शिल्पाले मिडिया विरुद्ध मुद्दा हालेकी हुन् । 

राज कुन्द्राको अश्लील भिडियो निर्माणको मामलामा अभिनेत्री शिल्पा शेट्टीसँग पनि सोधपुछ भएको छ । यो मुद्दामा शिल्पाले राज कुन्द्रा र आफ्नो बारेमा मिडियाले आफ्नो विषयमा र छवि बिगारेको आरोप लगाएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप