नोबेलमा गरियो थाइराइड गाँठको जटिल शल्यक्रिया

नोबेल शिक्षण अस्पतालमा थाइराइड गाँठको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरकी ६६ बर्षीया फेकनीदेवी मण्डलको थाइराइड गाँठको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
उनको घाँटीको थाइराइड गलगाँठ बढेर बाहिर निस्किनुका साथै भित्री भागमा फैलिएर मुटुको रक्तनलीसम्म पुगेको थियो । घाँटीदेखि छातीसम्म चिरेर सफलतापूर्वक गलगाँठ निकालिएको टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश ठाकुरले बताए ।
यो जटिल शल्यक्रिया भएकाले नेपालका विरलै मात्र अस्पतालहरुमा यस्तो शल्यक्रिया हुँने डा.ठाकुर बताउँछन् । उनी भन्छन्, ‘यो जटिल सर्जरी हो, मुटुको आर्च अफ एओर्टा रक्तनलीसम्म पुगेको गलगाँठलाई हामीले सफलतापूर्वक सर्जरी गरेर निकालेका छौं । यस्तो सर्जरी नेपालका केही अस्पतालहरुमा मात्र हुन्छ ।’
डा. ठाकुरका अनुसार गलगाँठ निकाल्न ढिलो भएको भए अझै बढेर श्वास नली र खाना नलीलाई थिच्ने भएकाले श्वासप्रश्वास अवरुद्ध भई विरामीको ज्यानै जानसक्ने खतरा थियो । तर, गलगाँठ सफलतापूर्वक निकालिएकाले उनी अहिले खतरामुक्त भएकी छन् ।
जटिल शल्यक्रिया सफल भएपछि विरामी र विरामीका आफन्त हर्षित छन् । विरामी फेकनीदेवीका छोरा लखन मण्डलले जटिल शल्यक्रिया सफल भएको भन्दै खुशी व्यक्त गरे । ‘जटिल समस्या भएकाले अप्रेशन कस्तो होला भन्ने चिन्ता थियो,’ मण्डलले भने, ‘राम्रो उपचार हुन्छ भन्ने सुनेर नोबेल आएका थियौ । जस्तो सुनेको, त्यस्तै उपचार पायौं, धेरै खुशी लाग्यो ।’
अत्याधुनिक उपकरण र दक्ष जनशक्तिको तालमेल रहेको नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान बर्खास्तीको विरोधमा टुकी बत्ती बालेर प्रदर्शन (तस्बिरहरू)
-
‘वसन्त’ फिल्मबारे के भन्छन् प्रकाश र स्वस्तिमा ?
-
सबैको सहमतिमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...