शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाहको एक वर्षमा नै मियाको 'डिभोर्स'

शनिबार, १६ साउन २०७८, ११ : १४
शनिबार, १६ साउन २०७८

पूर्व ‘एडल्ट पोर्न’ स्टार मिया खलीफाले पति रोबर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले पतिसँग सम्बन्धविच्छेद गर्न लागेको खुलासा गरेकी हुन् । 

सन् २०१९ मा इन्गेजमेन्ट गरेर अघिल्लो वर्ष विवाह गरेकी मियाको विवाह भएको एक वर्ष मात्रै पुगेको छ । मिया र रोबर्टको विवाह लामो समय टिक्न पाएन । मियाले सम्बन्धलाई टिकाउन भरपुर कोसिस गरेको समेत खुलाएकी छन् ।

मियाले लेखेकी छन्, ‘हामी पूरै आत्मविश्वासका साथ भन्छौँ कि हामीले विवाहलाई सफल बनाउन धेरै कोसिस गर्यौँ । तर एक वर्षसम्म कोसिस गर्दा पनि हामीले सम्बन्धलाई बलियो बनाउन नसकेपछि छुट्टिने निर्णयमा पुगेका हौँ ।’

‘हामीले एक अर्कालाई सधैँ माया र प्रेम गर्यौँ । साना तिना खटपटले हामीलाई अलग बनाउन त सक्दैन थियो । तर सम्बन्धमा यस्तो मोड आयो जसलाई हामीले सुल्झाउन सकेनौँ ।’ 

मियाको गरेको पोस्ट्मा रोबर्ट र मिया दुवैले प्रतिक्रिया जनाउन नमिल्ने बनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप