शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मानसिक स्वास्थ्यमा ध्यान दिन बेन स्टोक्सले लिए आराम

शनिबार, १६ साउन २०७८, १२ : ४९
शनिबार, १६ साउन २०७८

इङल्यान्डका अलराउन्डर बेन स्टोक्सले भारतविरुद्धको टेस्ट शृंखला गुमाउने भएका छन् । उनले सबै खाले क्रिकेटबाट अनिश्चिकालका लागि विश्राम लिने घोषणा गरेका गरेका छन् । 
आफ्नो औंलाको चोटबाट निको हुन र मानसिक स्वास्थमा ध्यान दिनका लागि उनले यस्तो निर्णय लिएको जनाएका छन् । उनले गत गृष्ममा पाकिस्तानविरुद्ध इङल्यान्डका दुईवटा टेस्ट म्याच गुमाए । यस समय उनी न्युजिल्यान्डमा परिवारसँगै थिए । ब्रेन क्यान्सरबाट थलिएका उनका बाबुको गत डिसेम्बरमा मृत्यु भयो । 

त्यसपछि पछिल्लो गृष्ममा उनले औंलाको चोट पनि सामना गरिरहेको परेको छ । यसबीच अन्तर्राष्ट्रिय तथा व्यवसाहिक क्रिकेटमा उनी निरन्तर व्यस्त भएका थिए । 

इङल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले अर्को सातादेखि सुरु हुने भारतविरुद्धको पाँच टेस्टको सिरिजमा स्टोक्स उपलब्ध नहुने जानकारी गराएको छ । उनको साटो क्रेग ओभरटन टिममा संलग्न हुनेछन् । 
भविष्यमा फेरि स्टोक्स टोलीमा फर्केको र उत्कृष्ट खेलेको हेर्ने आशा व्यक्त गरिएको इसिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप