बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘तिमी आउने जाने’ मा पूजाको आनन्दसँग रोमान्स

शनिबार, १६ साउन २०७८, १५ : ३०
शनिबार, १६ साउन २०७८

पछिल्लो समय अभिनेत्री पूजा शर्मा म्युजिक भिडियोमा धेरै देखिन थालेकी छन् । उनी अभिनित म्युजिक भिडियो दैनिक जसो सार्वजनिक हुने गरेका छन् । यस्तैमा उनी अभिनित अर्काे म्युजिक भिडियो ‘तिमी आउने जाने’ सार्वजनिक भएको छ । जसमा उनलाई आनन्द सिंहको मोडलिङमा साथ दिएका छन् ।

गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको स्वर रहेको गीतमा टंक बुढाथोकी शब्द र संगीत छ । भिडियो सशान कँडेलले निर्देशन गरेका हुन् । पर्यटकीय स्थल कालिन्चोकको रमणीय स्थलमा छायाँकन भएको भिडियोमा बुद्ध थापाको छायाँकन, विकास दाहालको  सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप