मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा

person explore access_timeसाउन १६, २०७८ chat_bubble_outline0

संयुक्त विद्यार्थी संगठनहरुले मध्यपश्चिम विश्वविद्यालयमा थप आन्दोलन चर्काउने घोषणा गरेका छन् । आफुहरुले राखेको १८ बुँदे माग विश्वविद्यालयले सम्बोधन नगरेको भन्दै शनिबार थप आन्दोलन चर्काउने घोषणा गरेका हुन् ।

जसअन्तर्गत आइतबार भोलि विश्वविद्यालयका सम्पूर्ण सवारी साधन अनिश्चितकालीन रुपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्ने, १९ गते उपकुलपति, रजिष्ट्रार र परीक्षा प्रमुखको ‘कुकुर अभिनन्दन’ गर्ने र २० गतेदेखि रिले अनशन गर्ने घोषणा छन् ।

आन्दोलनबाट उत्पन्न हुने भैपरी आउने दुर्घटनाको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालयले लिनुपर्ने विद्यार्थीहरुको भनाई छ ।   विद्यार्थीहरु सँगै प्राध्यापकहरू केही दिन अघिदेखि उपकुलपति विरुद्ध आन्दोलनमा होमिएका छन् । अनलाइन माध्यमबाट परीक्षा लिन पाउनुपर्ने, कोरोना अवधिको शैक्षिक शुल्क खारेज गर्नुपर्ने लगायतका १८ बुँदे माग गर्दै आएका छन् भने विश्वविद्यालयले कुनै पनि हालतमा अनलाईन परीक्षा गर्ने माग सम्बोधन गर्न नसकिने बताइसकेको छ ।  
आन्दोलनका कारण विश्वविद्यालयका सम्पुर्ण परीक्षा स्थगित भएका छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।