जमैकन धाविका इलानी थम्पसनलाई १ सय मिटर दौडमा स्वर्ण, रजत र कास्य पनि जमैकाकै खेलाडीलाई

person explore access_timeसाउन १६, २०७८ chat_bubble_outline0

 

इलानी थम्पसन हेराले ओलम्पिकमा १ सय मिटर दौडको स्वर्ण जितेकी छिन् । जमैकाकी यी धाविकाले २०१६ मा रियो ओलम्पिकमा पनि यो स्वर्ण जितेकी थिइन् । 

यसपटक उनले स्वर्ण जित्ने क्रममा आफ्नै देशकी सेली एन फ्रासर प्राइसलाई पछि पारिन् । २९ वर्षीया थम्पसनले १० दशमलव ६१ सेकेन्डमा दौड पूरा गरिन् । उनी १ सय मिटरतर्फको विश्व कीर्तिमान नजिक पुगे पनि त्यसलाई बराबरी गर्न भने ० दशमलव १२ सेकेन्डले चुकिन् ।  १ सय मिटरतर्फ सर्वाधिक छिटो कुद्ने कीर्तिमान अमेरिकी धाविका फ्लोरेन्स ग्रिफिफ्थ जोयनेरले ३३ वर्षअघि राखेकी थिइन् । 

१ सय मिटरतर्फ ओलम्पिकमा जमैकाकै सेरिका ज्याक्सनले कास्य जितिन् । रजत विजेता प्राइसभन्दा उनी केवल ० दशमलव ०२ सेकेन्डले पछि थिइन् । प्राइसले १० दशमलव ७६ सेकेन्डमा दौड पुरा गरिन् । 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।