शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु

आइतबार, १७ साउन २०७८, ०८ : २५
आइतबार, १७ साउन २०७८

विजय थापा । अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ ।

जुलाई २७ का दिन  पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारको क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो । 

५ बर्ष अगाडी मात्र अमेरिका आएका लम्साल अमेरिकाको न्यूयोर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । 

अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको गैर आवाशीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप