सम्राटले ल्याए ‘सम्झिनी पानी छम्किनी’
आइतबार, १७ साउन २०७८, १२ : २८
गायक सम्राट चौलागाईंले ‘आफ्नो गीत सम्झिनी पानी छम्किनी’ बोलको ‘तीज भर्सन’ ल्याएका छन् । ‘यसपालीको तीजमा सम्झिनी पानी छम्किनी’ बोल रहेको गीतमा फिल्मका स्टार कलाकारको अभिनय देख्न सकिन्छ ।
विक्रम स्वाँरले निर्देशन रहेको भिडियोमा भुवन केसी, दिपाश्री निरौंला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्कासँगै गायक सम्राटको पनि अभिनय देख्न सकिन्छ ।
चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरु जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई पनि देख्न सकिन्छ ।
भिडियोमा छायांकन नवराज उप्रेतीको छ भने सम्पादन वीरवहादुर थारुले गरेका छन् । गीतमा शब्द संगीत समेत गायक चौलागाईंकै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारलाई हात्ती उपहार दिने निर्णय नै अन्योलमा
-
कर्णालीमा अध्ययन गर्नुपर्ने थुप्रै पुस्तक छन्: प्रदेश प्रमुख परियार
-
बझाङ प्रदेशसभा १ का एमाले उम्मेदवार भण्डारीलाई पितृशोक
-
कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’
-
रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीलाई नेपालमा लगानी गर्न आग्रह
-
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा