बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्याद गुज्रेका सामानमा नयाँ मिति राख्दै बेच्दै

काठमाडौँको गोदाममा प्रहरीको छापा, दुईजना पक्राउ, तस्बिरहरु हेर्नुहोस्
आइतबार, १७ साउन २०७८, १५ : ५३
आइतबार, १७ साउन २०७८

म्याद गुज्रेका विभिन्न सामानहरूमा नयाँ मिति राखेर बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अभिनास अग्रवाल र महावीर गुज्जर रहेका छन् ।

विशेष सूचनाका आधारमा अपराध महाशाखा र वाणिज्य विभागको संयुक्त टोलीले काठमाडौँ सानो भर्‍याङस्थित गोदाममा छापा मारेको थियो । गोदामबाट टोलीले एक करोडभन्दा बढीको मिति गुज्रेका सामानहरु बरामद गरेको छ । 
बरामद सामग्रीहरुमा कस्मेटिक, एयरफ्रेसनर, स्याम्पू, सरसफाइका सामग्री आदि रहेका छन् । म्याद गुज्रेका सामानमा बिग मार्ट, भाटभटेनी र सेल्स बेरीलगायत डिपार्टमेन्ट स्टोरका लेबलहरु पनि बरामद गरिएको छ । टोलीले गोदामलाई सील गरेको छ ।

हेर्नुहोस् तस्विर :

तस्बिरहरु सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप