मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

किरण केसीलाई वासुदेव लुइँटेल पुरस्कार

आइतबार, १७ साउन २०७८, १७ : ०६
आइतबार, १७ साउन २०७८

वासुदेव–विद्यादेव लुइँटेल गुठीले ‘वासुदेव लुइँटेल पुरस्कार ०७७’ कलाकार किरण केसीलाई प्रदान गर्ने भएको छ । गुठीको हालै बसेको बैठकले केसीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ, प्रतिकचिन्ह र कदरपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । 

पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको आसपासमा एक कार्यक्रमको आयोजना गरी अर्पण गर्ने गरेको छ । हास्य-व्यङ्ग्य साहित्य, कला र अभिनयका फाँटमा कार्यरत सिर्जनशील प्रतिभाहरू मध्येबाट छनोट गरि सो पुरस्कार दिइँदै आएको गुठीले जनाएको छ । 

वासुदेव शर्मा लुइँटेलले ०२३ सालमा कौवा प्रकाशन खोलेर आफूसहित भैरव अर्याल, दाताराम शर्मा, घटोत्कच शर्मा, रामकुमार पाँडे लगायत लेखकका हास्य-व्यङ्ग्य सम्बन्धी दर्जनौँ पुस्तक प्रकाशन गरेका थिए । उनैले ०५० सालमा वासुदेव विद्यादेव गुठी स्थापना गरेर प्रत्येक वर्ष हास्य-व्यङ्ग्य क्षेत्रमा पुरस्कार प्रदान गर्ने सुरुवात गरेका थिए ।

कलाकारसँगै फिल्म निर्माता समेत रहेका केसीले पछिल्लो समय निर्माण गरेको फिल्म हो लक्काजवान । रिलिजको लागि तयार रहेको फिल्म कोरोना भाइरसको महामारीका कारण प्रदर्शनमा आउन सकेको छैन । पछिल्लो समय विज्ञापन, म्युजिक भिडियाे, टेलिफिल्ममा व्यस्त छन् ।

पुरस्कारको घोषणाले आफ्नो काम प्रति अझै दायित्व थपेको र कलाकारितामा निरन्तर यात्राका लागि उर्जा मिलेको कलाकार किरण केसीले बताए । गुठीले कोरोना महामारीका कारण समयमा दिन नसकेको वर्ष २०७६ सालको हास्य व्यङ्ग्य चित्र तर्फको पुरस्कार वरिष्ठ कलाकार शशी शाहलाई प्रदान गर्ने निर्णय समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप