शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वचालित ट्रान्समिसन इन्जिन सहितको नयाँ फोर्ड फिगो सार्वजनिक

आइतबार, १७ साउन २०७८, १९ : २४
आइतबार, १७ साउन २०७८

काठमाडौं । फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियर बक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ । 

ग्राहकको छनोटलाई मुख्य प्राथमिकतामा राखेर उपयुक्त मूल्यमा उत्कृष्ट प्रदर्शनी सहितको उत्पादन बिक्री गर्दै आएको फोर्ड नेपालले फिगो श्रृंखलाको फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । 

जसमा फोर्ड फिगो टाइटेनियमको मूल्य ३४ लाख ९९ हजार र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार तोकिएको कम्पनीेले जनाएको छ । नयाँ भेरियन्ट ६ स्पीड, टर्क संपरिवर्तक सहितको अटोमेटिक ट्रान्समिसनका ह्याचब्याक सेग्मेन्टको फिगो गाडीका नयाँ उन्नत संस्करण हुन् । जसलाई १.२ लिटर शक्तिशाली पेट्रोल इन्जिनजसले ९६ पीएस पावर र ११९ एनएमसम्म टर्क उत्सर्जन गर्न सक्दछ, उक्तबीएस ६ सँग जोडिएको छ । 

२०२१ को संस्करणको फिगो पेट्रोल अटोमेटिक इन्जिनका साथ टाइटेनियम र टाइटेनियमप्लस भेरियन्टमा उपलब्ध छ । टाइटेनियममा १५ इन्च आलुमुनिय र म्याग्नेसियमले भरिभराउ चक्का, उचाइ सन्तुलन चालक सिट र पछिल्लो लहरमा बस्नेका लागि हेडशेट, ७.० इन्च टचस्क्रिन सूचना प्रणाली पहिचानकर्ता, म्यानुअल एसी, ह्विल माउन्टेड नियन्त्रक स्टेरिङ, डबल एयरब्याग, स्वचालित बाहिरी साइड मिटर र ईएसपी लगायत विशेषता रहेका छन् ।

यीबाहेक टाइटेनियम प्लसमा भने थप विशेषताका रुपमा साइड कर्टेन एयरब्याग, अटोमेटिक एसी, अटो हेडलाइट र वाइपर, इलेक्ट्रो क्रोमिक आइआरभीएम, शक्ति तहको मिरर, फ्रन्ट फग ल्याम्प्स र पछाडि वासर एवं वाइपर र डिफोगर रहेका छन् ।

अन्य विशेषताहरु

–वर्षा सेन्सर वाइपर इलेक्ट्रो क्रोमिक आइआरभीएम, स्टान्डर्ड डबल फ्रन्टेड डबल एयर ब्याग, ट्र्याक नियन्त्रक प्रणाली, विद्युतीय स्थिरता नियन्त्रक र उच्च सुरक्षा सुविधा ​ उपलब्ध छ ।
–उत्कृष्ट सुविधाका लागि ७.० इन्च टच स्क्रिन इन्फोटेनमेन्ट प्रणाली ।
–साइड कर्टेन एयर ब्याग, स्टान्डर्ड डबल फ्रन्ट एयर ब्याग, ट्र्याक नियन्त्रक प्रणाली, विद्युतीय स्थीरता नियन्त्रक र उच्च सुरक्षाका लागि अति उत्कृष्ट सेफ्टी सुविधा ।
–डाइमन ह्वाइट, रुबी रेड, मूनडस्ट सिल्वर स्मोकी ग्रे तथा ह्वाइट गोल्ड कलरहरुमा उपलब्ध छ । 

भर्खरै सार्वजनिक फिगो आइटी श्रृखलाका २०२१मा फोर्डले सुरक्षा, कनेक्टिभिटी र सुविधालाई मुख्य प्राथमिकतामा राखेर निर्माण गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप