शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा तीन फरार प्रतिवादी पक्राउ

आइतबार, १७ साउन २०७८, १९ : ३६
आइतबार, १७ साउन २०७८

जिल्ला प्रहरी कार्यालय पाल्पाले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको छ । प्रहरीका अनुसार रामपुर नगरपालिका–३ का ५० वर्षीय खगनाथ न्यौपाने, रम्भा गाउँपालिका–१ का ४९ बर्षीय कृष्ण प्रसाद पाठक र नस्दी गाउँपालिका–१ का ६० वर्षीय वीरबहादुर पुलामीलाई अदालतमा पेश गरिएको हो ।

न्यौपानेलाई बैकिङ्ग कसुर मुदमा ७ लाख ३० हजार जरिवाना बुझाउन बाँकी रहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाठक बहुविवाह मुद्दामा एक बर्ष ३ महिना कैद सजाय भई फरार रहेका थिए भने पुलामी जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय फैसलापछि फरार रहेका थिए । उनीहरु तीनैजनालाई अदालत पेश गरिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप