डुंगा दुर्घटनाका बाबजुद बाँच्न सफल महिलाले लक्ष्य हासिल गरेरै छाडिन्
आइतबार सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदीमा भएको डुंगा दुर्घटनामा ज्यान जोगाउन सफल महिला अन्ततः लक्ष्य पूरा गरेरै घर फर्किएकी छन् । मोहन्याल गाउँपालिका–३ मलेखकी हसना आले ५ महिनाको छोरालाई खोप लगाउन चौकुनातर्फ हिँडेकी थिइन् । कर्णाली नदी तर्ने क्रममा उनीसहित चढेको डुंगा आइतबार दुर्घटना भएको हो ।
तर दुर्घटनाका बाबजुद आमाछोरा नै बाँच्न सफलमात्र भएनन्, हसना आफ्नो छोरालाई नियमित खोप लगाएरै घर फर्किएकी छन् । चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले रातोपाटीसँग भने, ‘बच्चाले पानी बढी पिएकाले केही मात्रामा श्वास बढेको थियो । मैले नै उपचार गरेर पठाएँ, बच्चाको अवस्था ठिक छ ।’
हसनालाई उनले साहसिक महिलाका रुपमा चित्रण गरे । ‘कर्णालीको भेलमा आफू र आफ्नो सन्तानलाई उहाँले बचाउनुभयो र खोप लगाएरै घर फर्किनुभयो,’ उनले भने । डुंगा पाँच मिटरजति हेलिएपछि छाल आएर हल्लिएको र सोही क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
पाण्डेका अनुसार भौगोलिक हिसाबले नजिक पर्ने भएकाले कैलालीको मोहन्याल गाउँपालिकाको माथिल्लो भेगका बासिन्दाहरु स्वास्थ्य, शिक्षा लगायतका सेवाका लागि सुर्खेतको चौकुने आउने गर्दछन् । पुल नहुँदा उनीहरु डुंगाकै माध्यमबाट कर्णाली नदी तरेर ओहोर दोहोर गर्दछन् ।
आइतबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् । दुर्घटनामा २ जना घाइते भएका छन् । चार जनाको भने सकुशल उद्धार गरिएको छ ।
डुंगामा दुई जना चालकसहित १० जना चढेका थिए । इलाका प्रहरी कार्यालय सोल्टाका प्रमुख सई राजेन्द्र कुमालका अनुसार नदीमा डुबेका ४ जनामध्ये २२ वर्षकी धनसरी सलामीको शव फेला परेको छ ।
वर्ष २० की पार्वती थापा, वर्ष २२ की उर्मिला सलामी र उनकी दश दिनकी छोरी प्राप्ति सलामी भने बेपत्ता भएको उनले बताए ।
मृतक धनसरीका २४ दिनका छोरा कर्ण सलामी र हसनाको ४ महिनाका छोरा सुशान्त आलेलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनीहरुमध्ये सलामीको स्वास्थ्यचौकी सोल्टामा र आलेको सुर्खेतको चौकुने गाउँपालिकाको बिजौरामा उपचार गरिएकोमा सुसान्तलाई भने अवस्था सामन्य रहेकाले डिस्चार्ज गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
