पीवी सिन्धुले रचिन् नयाँ इतिहास

person explore access_timeसाउन १८, २०७८ chat_bubble_outline0

 

भारतकी स्टार ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले नयाँ इतिहास रच्न सफल भएकी छन् । उनी ओलम्पिकमा लगातार २ वटा मेडल हात पार्ने पहिलो भारतीय महिला खेलाडी बन्न सफल बनेकी छन् । यो उपलब्धि हासिल गर्ने उनी सुशील कुमारपछि दोस्रो भारतीय खेलाडी हुन् ।

टोकियो ओलम्पिकमा सिन्धुले चीनकी जियाओ विङलाई केवल ५२ मिनेटमा २१–१३, २१–१५ ले हराउँदै कास्य पद हात पार्न सफल भइन् । सिन्धुले सन् २०१६ को रियो ओलम्पिकमा पनि रजत पदक जितेकी थिइन् । सुशीलले सन् २००८ को बेइजिङ ओलम्पिकमा कास्य र सन् २०१२ को लण्डन ओलम्पिकमा रजत पदक जितेका थिए ।

ओलम्पिकमा ब्याडमिन्टनबाट भारतको यो तेस्रो पदक हो । सन् २०१२ को लण्डन ओलम्पिकमा साइना नेहवालले भारतका लागि पदक जितेकी थिइन् ।

टोकियो ओलम्पिकमा भारतको यो तेस्रो पदक हो । सबैभन्दा पहिले मीराबाई चानूले भारोत्तोलनमा भारतलाई रजत पदक दिलाएकी थिइन् । त्यसपछि बक्सर लवलिना बोरगोहेनले वेल्टरवेट समूहमा सेमिफाइनलमा पुगेर भारतका लागि मेडल पक्का गरिसकेकी छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।