बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इरानले ट्यांकर जहाजमाथि आक्रमण गरेको अमेरिका र बेलायतको आरोप, जवाफ फर्काउने चेतावनी

सोमबार, १८ साउन २०७८, १७ : ३६
सोमबार, १८ साउन २०७८

दुई जनाले ज्यान गुमाउने गरी ट्यांकर जहाजमा भएको आक्रमणमा इरानको हात रहेको अमेरिका र बेलायतले आरोप लगाएको छ । यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन बताउँदै दुई देशले जवाफ दिने चेतावनीसमेत दिएको छ ।
इजरायली कम्पनीले सञ्चालन गर्ने एमभी मर्सर स्ट्रिट नामक ट्यांकर जहाजमाथि बिहीबार ओमननजिक हमला भएको थियो । उक्त घटनामा एक बेलायती र रोमेनियन नागरिकले ज्यान गुमाएका थिए ।

घटनापछि इजरायलका प्रधानमन्त्री नफताली बेनेटले यस घटनामा इरानको संलग्नता रहेको ‘प्रमाण’ रहेको दाबी गरेका थिए । उनले इरानलाई आफ्नो तरिकाले जवाफ दिने चेतावनी पनि दिए । तेहरानले भने सबै आरोपहरुको खण्डन गरेको छ ।

ट्यांकर जहाजमाथिको आक्रमणलाई पछिल्लो समय इजरायल र इरानबीचको तनावको शृङ्खलाको रुपमा हेरिएको छ । गत मार्च महिना यता इजरायली र इरानी जहाजमा शृङ्खलाबद्ध हमलाहरु भएका छन् । यस्ता हमलामा कसैले ज्यान गुमाएको घटना भने थिएन । इरानले इजरायलमाथि आफ्ना परमाणु क्षेत्र र वैज्ञानिकहरुमाथि आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप