बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जाका अर्सनलमा नै रहन्छन् : आर्टेटा

सोमबार, १८ साउन २०७८, ०७ : २९
सोमबार, १८ साउन २०७८

 

आर्सनलका म्यानेजर मिकेल आर्टेटाले ग्रानिट जाका इटालियन क्लब एएस रोमा जाने सम्भावना सकिएको बताउँदै उनी नयाँ सिजन टोलीको महत्त्वपूर्ण हिस्सा बन्ने अपेक्षा गरेका छन् । यसअघि स्वीस मिडफिल्डर सिरिए ए क्लबमा जोसे मोरिन्होको नेतृत्वमा खेल्ने चर्चा चलेको थियो ।

हालै आर्सनलसँग प्रशिक्षणमा फर्किएका जाकाले आइतबार चेल्सीविरुद्धको मैत्रीपूर्ण खेलमा १–२ को हार व्यहोर्ने क्रममा गोल पनि गरेका थिए । खेलपछि प्रतिक्रिया दिँदै आर्टेटाले भने, ‘जाका हामीसँग रहनेछन् । उनी हाम्रो टोलीको महत्त्वपूर्ण सदस्य हुन् ।’ 

जाका बोरुसिया मोचेनग्लाडबाचबाट सन् २०१६ मा प्रिमियर लिग क्लबमा भित्रिएका हुन् । हालसम्म १६१ खेलमा आर्सनलका लागि उनले ९ गोल गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप