बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीव्र गतिमा तौल घटाउन बिहानै गर्नुपर्ने ८ काम

सोमबार, १८ साउन २०७८, १० : ०६
सोमबार, १८ साउन २०७८

मोटोपना धेरै रोगहरुको मुल जरा हो । मोटोपनाले धेरै प्रकारका रोगहरुको शिकार बनाउँछ । तर, मानिसहरु सामान्यतयाः मोटोपनलाई समस्याको रुपमा लिने गर्दैनन् । जब मोटोपनाका कारण समस्या आउँन थाल्छ तब तौल घटाउन अनेकन् उपायहरु अपनाउन थाल्छन् । मोटोपनालाई कम गराउन लामो प्रक्रिया पूरा गर्नुपर्छ । बिहानको समयमा गरिने कतिपय बानीले तौल घटाउन मद्दत गर्छ ।

उच्च प्रोटिनयुक्त नास्ता 
दिनभरका लागि सबैभन्दा महत्वपूर्ण कुरा बिहानको नास्ता हुन्छ । बिहानको खाजामा उच्च प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । जसले गर्दा दिउँसोको खाना खाने समयसम्म भोक लाग्दैन । एक अध्ययनका अनुसार धेरै प्रोटिन भएको खानेकुरा खाने गर्दा बारम्बार भोक लाग्दैन । प्रोटिनको उच्च मात्राले घ्रेलिन हर्मोनको उत्पादन कम गर्छ । यसले भोक लाग्ने समस्या कम गर्छ । यसका लागि बिहानको नास्तामा अण्डा, दही, नट्स र चियाको सीड्स सामेल गर्नुपर्छ ।

धेरै पानी
बिहानको नास्ता गर्दा दुई गिलास पानी पनि पिउने गर्नुस् । पानीले शरीरमा शक्ति बढाउँछ । र, ६० मिनेटसम्म क्यालोरी पगाल्न मद्दतगार हुन्छ । दिनको सुरुवात पानी पिएर गर्ने गर्दा शरीर सुख्खा हुने समस्या हुँदैन भने तौल पनि तीव्र गतिमा घट्छ ।

तौल नाप्ने 
हरेक बिहान तौल नाप्दा आफूलाई खानेकुरामा नियन्त्रण गर्न सकिन्छ । एक अध्ययनका अनुसार हरेक दिन तौल नाप्ने ४७ जनाको ६ महिनामा ६ किलो तौल कम भएको पाइएको छ । बिहान उठ्नेवित्तिकै तौल नाप्ने गर्दा तौल नियन्त्रणमा आउँछ ।

घाममा बस्ने 
बिहान–बिहान थोरै समय घाममा बस्ने गर्नुपर्छ । सूर्यबाट आउने भिटामिन डिले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । भिटामिन डिले तौल घटाउनुका साथै बढ्न पनि रोक्छ । एक अध्ययनमा सामेल भएका २१८ जना महिलाले एक वर्षसम्म भिटामिन डि क्याप्सुल खाए । भिटामिन डिको सेवनपछि अन्य प्रक्रियाबाट तौल घटाउने महिलाको भन्दा ३ किलो तौल घटेको पाइएको थियो । हरेक बिहान कम्तिमा १० मिनेट घाममा बस्नुपर्छ ।

व्यायाम 
बिहान उठेर व्यायाम गर्दा छिट्टै तौल घट्छ । बिहान व्यायाम गर्दा रगतमा चिनीको मात्रा पनि कम पाइन्छ । जसले गर्दा छिटो छिटो भोक लाग्ने समस्या आउँदैन । 

खानामा ध्यान दिने 
समयभन्दा अगाडि नै खाना खाने नगर्नुस् । त्यसैगरी, आफूले के के खाँदै हुनुहुन्छ त्यसमा पनि ध्यान दिनुस् । एक रात अगाडि नै भोलिपल्टको खानामा के के खाने भन्ने कुरा तय गर्नुस् । योजनाअनुसार खाना खाँदा शरीरमा बोसोको मात्रा कम हुन जान्छ र तौल पनि कम हुन्छ ।

निन्द्रा 
राति छिट्टै सुत्ने बानीले पनि तौल घट्छ । निन्द्रा र भोकबीच गहिरो सम्बन्ध हुन्छ । जो व्यक्ति राति धेरै समयसम्म अनिँदो रहन्छ उसले ननिदाउँदा सम्म केही न केही खाइरहेको हुन्छ । त्यसैले समयमा नै सुत्ने बानीले खाना छुट्छ । त्यस्तै, बिहान पनि छिट्टो उठ्ने गर्नुस् । बिहान छिट्टै उठेर व्यायाम गर्ने, नास्ता खाने र समयको ख्याल गर्ने गर्नुपर्छ । 

साधनको प्रयोग 
तौल घटाउन चाहानुहुन्छ भने सबैभन्दा सजिलो तरिका हिँड्ने, साइकलको प्रयोग गर्ने, सार्वजनिक यातायात प्रयोग गर्ने गर्नुपर्छ । कार प्रयोग गर्दा तीब्र गतिमा तौल बढ्छ । त्यसैले, आवातजावत गर्दा सकेसम्म साइकलको प्रयोग गर्नु नै उचित हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप