महिलालाई यौन कार्यमा लगाएको आरोपमा २ जना पक्राउ

person explore access_timeसाउन १८, २०७८ chat_bubble_outline0

महिलालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ । महिलालाई राम्रो काममा लगाइ दिने प्रलोभन देखाइ यौन कार्यमा लगाएको आरोपमा पोखराको अमरसिंह चोकबाट प्रहरीले दुइ जनालाई पक्राउ गरेको हो ।

यौन कार्यमा लगाएको आरोपमा पोखरा अमरसिंह चोक स्थित एसके खाजाघर संचालन गर्दै आएका ५३ वर्षीया सोनाम गुरुङ र पोखरा रिठ्ठेपानी बस्ने ३२ वर्षीय रोशन गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।  

उनका अनुसार खाजाघर सञ्चालन गर्दै आएका उनीहरुले राम्रो काममा लगाइ दिने प्रलोभन देखाएर महिलाहरुलाई डर त्रास देखाएर यौन कार्यमा लगाएको आरोप पक्राउ गरिएको हो ।  पक्राउ परेका उनीहरुविरुद्ध मानव बेचविखन तथा ओसार पसार मुद्धामा अनुसन्धान भइरहेको छ । पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।