शुक्रबार, १८ फागुन २०८०
ताजा लोकप्रिय

एक महिला मृत फेला, तीन जना पक्राउ

सोमबार, १८ साउन २०७८, १२ : १३
सोमबार, १८ साउन २०७८

मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखिया मृतावस्थामा फेला परेकी छन् । घरबाट लगभग ५० मिटर दूरीमा रहेको धान रोपाईं भइसकेको र पानी जमेको खेतमा आइतबार राति १० बजेतिर उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

परिवारकै सदस्यले पानी जमेको खेतमा मृत फेला पारेपछि प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका थिए । 

घरमा निस्किएको केहीबेरमा आँखाको डिलमा साधारण चोट रहेको र मुखबाट फिँज तथा नाकाबाट रगत बगिरहेको अवस्थामा जानकीदेवी मृत फेला परेको डीएसपी श्रेष्ठको भनाइ छ ।
 प्रहरीलाई खबर गर्नुअघि परिवारका सदस्य एवं छिमेकीले उनको शव घटनास्थलबाट उठाएर घरमा ल्याएर राखेका थिए । 

प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिए पनि मृत्युको कारण खुल्न सकिरहेको छैन । पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि मृत्युको कारण प्रष्ट हुने जानकारी डीएसपी श्रेष्ठले दिए । 
प्रहरीका अनुसार हाँस हराएपछि खोजी गर्न  क्रममा छिमेकीसँग उनको विवाद भएको थियो । 

धान रोपिएको र पानी जमेको खेतमा शव भेटिएपछि जानकीदेवीसँग विवाद गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दै घटनाको अनुसन्धान थालेको छ । 
जानकीदेवीसँग विवाद गर्ने छिमेकीहरू ३६ वर्षीया अनरवती मुखिया, ५५ वर्षीय भुटाइ मुखिया र उनकी श्रीमती सती मुखियालाई इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप