शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हस्तकला प्रवर्धनमा सघाउँदै आइडिया नेपाल, हस्तकला बजारलाई चलायमान बनाउन इन्टेरियरको भूमिका महत्वपूर्ण

सोमबार, १८ साउन २०७८, १२ : ३०
सोमबार, १८ साउन २०७८

काठमाडौं । हस्तकलाको व्यवसायिक संरक्षण र प्रवर्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) बीच सम्झौता भएको छ । आइतबार महासंघमा आयोजित एक कार्यक्रमका बीच महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्य र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले संझौता पत्रमा हस्ताक्षर गरे ।  

हस्तकला प्रवर्धन गर्नका लागि इन्टेरियर डिजाइनिङका विद्यार्थीहरु बीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना गरिने र उत्कृष्ट तीन प्रतियोगीलाई महासंघले इन्टेरियर डिजाइनिङ अवार्ड प्रदान गर्ने महासंघका उपाध्यक्ष एवं हस्तकला वर्ष २०२१ का संयोजक रवीन्द्र शाक्यले जानकारी दिए । 

हस्तकलाको प्रवर्धनका लागि आइडिया नेपालले हस्तकलालाई पनि इन्टेरियर डिजाइनमा समाबेश गर्नेछ, जसका लागि एशियन पेन्ट्सले पनि सहकार्य गर्ने भएको छ । नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवर्धनात्मक अभियान अनुसार नै दुबै संस्था बीच सहकार्य भएको उपाध्यक्ष शाक्यले जानकारी गराए ।

महासंघका अनुसार विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको बेला नेपाली हस्तकला बजारलाई चलायमान बनाउन यस कार्यले सघाउ महासंघले जनाएको छ  । 

आठ लाखभन्दा बढीलाई रोजगारीका साथै निर्यात र आन्तरिक बजारसमेत गरी वार्षिक रुपमा झण्डै २० अर्ब रुपैयाँ बराबरको हस्तकला सामग्रीको कारोबार हुने गरेकोमा कोरोनाका कारण निर्यात र आन्तरिक बजार दुबै खस्किएको छ । सरकारले इन्टेरियर डिजाइनसँग हस्तकला समायोजन तालिम संचालनका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्ने महासंघले माग गरेको छ  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप