बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भैँसे–भीमफेदी सडकखण्ड सञ्चालनमा

सोमबार, १८ साउन २०७८, १२ : ३८
सोमबार, १८ साउन २०७८

मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङसहित अन्य स्थानमा खसेको पहिरो पन्छाइ आज मध्यान्हदेखि यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गएराति वर्षासँगै आएको पहिरोले भीमफेदीको धोर्सिङलगायत अन्य स्थानमा सडक अवरुद्ध हुँदा हेटौंडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सुमो जीपलगायतका हलुका सवारी साधन आज बिहानैदेखि भैँसेमा रोकिएको प्रहरीले जनाएको छ ।

करिब छ घण्टासम्म रोकिएका सयौँ हलुका सवारीसाधन भैँसे–भीमफेदी सडक सञ्चालनमा आएपछि काठमाडौँतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप