बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नगरवासीलाई उत्कृष्ट सेवा दिन ललितपुर महानगरमा ‘एक्सन टीम’

सोमबार, १८ साउन २०७८, १२ : ५१
सोमबार, १८ साउन २०७८

ललितपुर महानगरपालिकाले नगर प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन ‘एक्सन टीम’ व्यवस्था गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाको कामलाई व्यवस्थित ढंगले अगाडि बढाउन टीमको शुभारम्भ गरिएको हो । 

कार्यक्रममा नगर प्रहरीको ‘एक्सन टीम’ लाई ज्याकेट, गोप्रो क्यामेरा, भिडियो क्यामेरासहितको हेलमेट आदि प्रदान गरिएको छ ।

महानगरभित्र हुने कामहरुलाई स–प्रमाण देखाउन नगर प्रहरीको ‘एक्सन टीम’ लाई गोप्रो क्यामेरा प्रदान गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले महानगरभित्र एक्सन प्रहरीले गरेका कामलाई प्रमाणका रुपमा राख्न उक्त क्यामेरा उपयोगी हुने जानकारी दिए । उनका अनुसार एक्सन प्रहरीलाई प्रदान गरिएको भिडियोसहितको क्यामेराले विपद् व्यवस्थापनमा पनि सहजीकरण गर्नेछ ।

महानगर प्रमुख महर्जनले देशभरका स्थानीय तहमध्ये ललितपुर महानगरको काम उत्कृष्ट रहेकोसमेत दाबी गरे । उनले नेपालकै उत्कृष्ट सिटी निर्माणका लागि नगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्व सफल रहेको बताए । ललितपुर महानगरले नगर प्रहरी प्रमुख हाछेथुको नेतृत्वमा विपत् व्यवस्थापनका क्रममा दमकल, एम्बुलेन्स, शवबाहन, नगर प्रहरीको ‘एक्सन टीम’ सँगसँगै एक साथ प्रभावित क्षेत्रमा जाने व्यवस्था सुरुवात गर्न लागेकोसमेत उनको भनाइ छ । 

नगर प्रहरीको ‘एक्सन टीम’ले नगरवासीका समस्यालाई तत्काल सहजीकरण गर्ने, नगरको विकास अभियानमा अवरोध पुर्याउने व्यक्ति तथा संस्थालाई कानुनी दायरामा ल्याउने, विपद्मा परेकालाई उद्धार तथा आवश्यक सहयोग गर्ने, अनधिकृत विज्ञापन (भित्ते लेखन, पोष्टर) कर्तालाई कारबाही गर्ने, पैदल यात्रुलाई आवतजावत गर्न बाधा पुर्याउने फुटपाथ तथा सडकमा राखिएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गर्ने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए । 

नगर प्रहरीले अनधिकृत रुपमा सडक तथा सडकपेटीमा आवतजावतमा बाधा गर्ने गरी राखिएका निर्माण सामग्रीहरु हटाउने, सार्वजनिक जग्गा अतिक्रमण हुनबाट रोक्ने र अनधिकृत संरचना निर्माण गर्नेलाई कानुनी दायरामा ल्याउने काममा समेत ध्यान दिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप