मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको माधव समूह आन्तरिक छलफलमा

सोमबार, १८ साउन २०७८, १३ : ३८
सोमबार, १८ साउन २०७८

न जुट्न न फुट्न सकेको नेकपा एमालेको माधव नेपाल समुह आफ्नो कित्ता क्लियर पार्न आन्तरिक छलफलमा जुटेको छ । पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको यो समुह संसद पुनःस्थापना र देउवा नेतृत्वको सरकार गठनपछि मझधारमा रहेको छ । 

पार्टीभित्रको विवाद कायमै रहेका बेला एकता कि विभाजन भनेर प्रष्ट लाइन नसमातेको यो समूहका वरिष्ठ नेता माधव नेपालले आफ्नो समूहका नेताहरुसँग छलफल राखेका हुन् । एमाले विवादमा मिलाउन गठित कार्यदलमा नेता नेपालको तर्फबाट सदस्य रहेका एमाले नेता गोकर्ण विष्टले स्थायी कमिटीको बैठक नै नभनिए पनि सदस्यहरूबीच छलफल आयोजना गरिएको बताए । 

‘छलफल वरिष्ठ नेता नेपालसहितको भएकाले स्थायी समिति सदस्यहरु बीचको छलफल भन्दा हुन्छ’ विष्टले रातोपाटीसँग भने, ‘दुई बजे बानेश्वरमा छलफल राखिएको छ ।’ सो समूहमा अध्यक्ष ओलीसँग मिल्नुपर्ने दवाव नेता नेपालमाथि छ । तर, समान हैसियतविना एकता सम्भव नभएको नेता नेपालले बताउँदै आएका छन् । अर्कोतिर माधव नेपाल समूहलाई देउवा नेतृत्वको सरकारमा सहभागी हुन गठबन्धनको दवाव छ । यसमा पनि नेता नेपालले सरकारमा सहभागी नहुने बताएपनि उनकै समूहका नेताहरु सरकारमा जानुपर्ने अडानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप