शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चाबहिलको ओमकार डेन्टलका चिकित्सक र संचालक पक्राउ

सोमबार, १८ साउन २०७८, १३ : ५२
सोमबार, १८ साउन २०७८

काठमाडौंको चावहिलमा रहेको हेल्दी स्माइल ओमकार डेन्टल प्रालिका चिकित्सक र संचालकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिलको अनुमती पत्र बिना उपचारमा संलग्न भारत घर भएका चिकित्सक सौरभ कुमार, डेन्टलका संचालक डा. रावेत रञ्जन कुमार ठाकुर र राधा कृष्ण तामाङलाई नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलको जाहेरीका आधारमा ३१ वर्षीय सौरभ कुमारलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए । ‘सौरभ कुमारले मेडिकल काउन्सिलको प्रमाणपत्र नलिइकन विरामीको उपचार गरेको अनुसन्धानबाट खुलेको छ’ डीआईजी सिंहले भने, ‘ईजाजत पत्र नभएका चिकित्सकलाई सहजीकरण गर्ने संचालक र अर्का चिकित्सकलाई पनि पक्रेर अनुसन्धान गरिरहेका छौं ।’ 

मेडिकल काउन्सिलले लिने परिक्षा पास गरेपछि मात्र चिकित्कसले विरामीको उपचार गर्न पाउँछन् । तर, सौरभ कुमारले परिक्षामा सहभागी नै नभई सो अस्पतालमा बिरामीहरुको चेकजाँच तथा सर्जरी समेतका उपचारमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरुमाथी ईलाज सम्बन्धी कसूरमा ब्यूरोले अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप