अनु मलिकलाई इजरायली संगीत चोरीको आरोप

person explore access_timeसाउन १८, २०७८ chat_bubble_outline0

भारतीय चर्चित संगीतकार अनु मलिकलाई संगीत चोरीको आरोप लागेको छ । जसका कारण उनी ट्वीटरको ट्रेनिङमा छन् । फिल्म ‘दिलजले’ को एक गीतको संगीत उनले इजरायलको राष्ट्रिय गीतबाट लिएको पाइएको छ ।
आइतबार इजरायलले टोकियो ओलम्पिकमा दोस्रो स्वर्ण पदक जितेको थियो । सो अवसरमा खेलाडीको सम्मानमा राष्ट्रिय गान बजाइएको थियो । उक्त गीतको धुन फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ सँग मिल्दो पाइएको हो । सामाजिक प्रयोगकर्ताले ‘दिलजले’ उक्त गीतको संगीत इजरायलको राष्ट्रिय गान चोरी भएको आरोप मलिकलाई लगाएका छन् ।

मलिक बलिउडका चर्चित संगीतकारको अलवा इन्डियन आइडल १२ का जर्ज पनि हुन् । संगीत चोरीको कारणले उनी सामाजिक सञ्जाल प्रयोगकर्तादेखि ट्रोलसम्मको निशाना बनिरहेका छन् । मलिकलाई संगीत चोरीको आरोप लागेको यो पहिलो भने होइन । यस अगाडि पनि उनलाई यस्तो आरोप लागेको थियो । मिटु आन्दोलनको दौरानमा उनलाई यौन शोषणको आरोप पनि लगाइएको थियो । सोही कारण उनी इन्डियन आइडलबाट बाहिर भएका पनि थिए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।