शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

३१ वटा होटल तथा रेष्टुरेन्ट सर्वोत्कृष्ट ठहर

सोमबार, १८ साउन २०७८, १४ : ३५
सोमबार, १८ साउन २०७८

गत आर्थिक वर्ष २०७७/७८ मा उत्कृष्ट सेवा प्रदान गर्ने ३१ वटा होटल तथा रेष्टुरेन्टहरु सर्वोत्कृष्ट ठहरिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष भित्र लजिङ्ग तथा फुडिङ्ग सेवा प्रदान गर्ने होटल तथा रेष्टुरेन्टको गुणस्तर परिक्षण गर्दा अधिकतम ३१ होटलहरु सर्वोत्कृष्ट ठहरिएका हुन् ।  

गुणस्तरको स्तरीकरणका लागि विभागले देशैभरिबाट कुल ७८८ होटल तथा रेष्टुरेन्टको नमुना परीक्षण गरेको थियो । सो मध्येबाट अधिकतम ३.९ प्रतिशत होटलहरुले मात्र सर्वोत्कृष्टताको उपाधि पाउन सकेका हुन् । उक्त होटलहरुलाई विभागले हरियो स्टिकरसँगै तीन ताराको गुणस्तर मापदण्डको चिन्ह प्रदान गरेको छ ।

यस्तै, बाँकी ७५७ होटलहरु मध्येबाट ११७ वटा अर्थात् कुल संख्याको १४.८ प्रतिशत होटलहरुले उत्तम श्रेणीको ग्रीन स्टिकरका साथै दुई ताराको गुणस्तर मापदण्ड पाएका छन् भने अधिकतम ३३१ (४२ प्रतिशत) होटलहरुले सन्तोषजनक ग्रीन स्टिकरका साथै एक ताराको गुणस्तर चिन्ह पाएका छन् । 

यता गुणस्तरहीन होटलहरूमा २४४ (कुल संख्याको ३१ प्रतिशत) होटलहरुले सामान्य स्तरको एल्लो स्टिकर प्राप्त गरेका छन् भने बाँकी ६५ वटा होटलहरुले तोकिएको मापदण्ड समेत पुरा गर्न सकेका छैनन् । यस्ता होटल तथा रेस्टुरेन्टहरुलाई सेवाको गुणस्तर सुधार्न सुझाव तथा निर्देशन दिएको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप