बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारी मात्रामा लागुऔषधसहित एक युवक पक्राउ

सोमबार, १८ साउन २०७८, १४ : ४८
सोमबार, १८ साउन २०७८

प्रहरीले भारी मात्रामा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।  सिरहाको नवराजपुर गाउपालिका ५ बस्ने २६ वर्षीय प्रभु नारायण सिंह राजपुत भारी मात्रामा लागूऔषधसहित पक्राउ परेका हुन् । सिरहाको लहान नगरपालिका १ बाट  इलाका प्रहरी कार्यालय लहान  र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

भारतीय नाका हुँदै लहान आउँदै गरेको को २६ प १८९ नं. को मोटरसाईकल चेकजाँच गर्ने क्रममा राजपूतलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट नाइट्रोभेट १० लेखिएको ४ हजार,७ सय ४० वटा ट्याबलेट, डाईजेपाम लेखिएको १ सय ९४ एम्पुल, फेनारगन लेखिएको १ सय ९४ एम्पुल, नाम लेवल नभएको १ सय ९४ एम्पुल, डाईलेक्स डिसी (१०० एक एल) लेखिएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्त एवम प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए ।

पक्राउ परेका राजपुत र लागुऔषधसहितको मोटरसाइकल आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यलाय लहानको नियन्त्रणमा रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप