शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख सापकोटाद्वारा भूकम्पले क्षतिग्रस्त पुरानो संसद भवनको अवलोकन

सोमबार, १८ साउन २०७८, १५ : ५२
सोमबार, १८ साउन २०७८

सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरबारस्थित संसद भवनको अवलोकन गरेका छन् । 

सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गरेका हुन् ।  सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सम्बन्धित पक्षसँग छलफल गरीे निर्माणको कामलाई तत्काल सुरु गराउने बताए । भूकम्पले क्षति बनाएपछि अलपत्र अवस्थामा रहेको यो भवन ऐतिहासिक र पुरातात्विक महत्व रहेको उल्लेख गर्दै सभामुख सापकोटाले यसको सदुपयोग गर्ने उद्देश्यका साथ आफूले अवलोकन गरेको पनि स्पष्ट पारे । 

सभामुख सापकोटाले सो संसद भवनलाई संग्रहालय र पुस्तकालयको रुपका विकास गर्ने आफ्नो सोच रहेको पनि स्पष्ट पारे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप