शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीओ निष्काशन गर्दै मकर जितुमाया सुरी हाइड्रोपावर, सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

सोमबार, १८ साउन २०७८, १६ : ४६
सोमबार, १८ साउन २०७८

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनी बीच सम्झौता भएको हो । 

मकर जितुमाया सुरी हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरे ।

कम्पनीले प्रारम्भिक सेयर निष्काशनका लागि कुल जारी पुँजी ७६ लाखको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता प्रारम्भिक सेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ करोड २० लाख कित्ता सेयर निष्काशन गर्नेछ । सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप