शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमालेमा ओली र माधव समूहको छुट्टाछुट्टै बैठक

सोमबार, १८ साउन २०७८, १७ : ००
सोमबार, १८ साउन २०७८

नेकपा एमालेको संस्थापन (ओली) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको फरक–फरक स्थानमा बैठक बसिरहेका छन् ।  अध्यक्ष ओली समूहको स्थायी समिति बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा र माधव नेपाल समूहको बैठक बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको हो । 

ओली समूहको बैठक पौने चार बजे र माधव समूहको साढे २ बजेबाट बसिरहेको हो ।  ओली समूहको बैठकमा खासगरी तीनवटा एजेण्डामा छलफल भइरहेको छ ।  जसमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी तथा पार्टी सदस्यता नवीकरण र वितरण रहेका छन् ।  माधव समूहले भने पार्टी एकताका लागि भइरहेको प्रयास तथा भावी रणनीतिबारे छलफल गरिरहेको बताइएको छ । 

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप