शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चार पूर्वमाओवादी नेताको रिट निवेदनमा अन्तरिम आदेश भएन

सोमबार, १८ साउन २०७८, १७ : ५२
सोमबार, १८ साउन २०७८

पूर्वमाओवादी केन्द्रका नेताहरुको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । माओवादी केन्द्रले सांसद पदसमेत नरहने गरी पार्टीबाट गरेको कारवाहीलाई चुनौती दिँदै पूर्व माओवादी नेता लेखराज भट्ट सहित  चार नेताले सर्वोच्च अदालतमा रिट हालेका थिए । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले माओवादी केन्द्रलाई कारवाही गर्नुको कारण सोध्दै ‘कारण देखाउ’ आदेश दिएको छ । 

पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले साउन १३ मा आफूविरुद्धको कारवाही अन्यायपूर्ण रहेको भन्दै रिट दायर गरेका थिए । निवेदकहरुले माओवादी केन्द्र र निर्वाचन आयोगलाई विपक्षी बनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप