बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोटेश्वरबाट ६५ वर्षीय पुरुष लागु औषधसहित पक्राउ

सोमबार, १८ साउन २०७८, १८ : ०३
सोमबार, १८ साउन २०७८

काठमाडौंको कोटेश्वरबाट प्रहरीले लागु औषधसहित ६५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । सप्तरीको राजबिराज घर भएका ६५ वर्षीय परमानन्द मेहतालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए । 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मेहताको साथबाट ३ हजार ७ सय १० एम्पुल नाइट्रोभ्याट, २ सय १५ एम्पुल फेनारगन, डाइजेपाम र नुर्फिन बरामद गरेको छ । 

ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने मेहताको साथबाट प्रहरीले ३२ पिस कोरेक्स र ७ पिस स्पाजोम बरामद गरेको छ । आरोपीबारे महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप