७ महिनामा ६१ हजार विदेशी पर्यटक नेपाल भित्रिए

person explore access_timeसाउन १८, २०७८ chat_bubble_outline0
file photo

विगत ७ महिनामा विभिन्न देशबाट गरी ६१ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन विमानस्थल, अध्यागमन विभागका अनुसार गत जनवरी १ देखि जुलाई ३१ सम्ममा विभिन्न मुलुकहरूबाट गरी कुल ६१ हजार ४९ जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका हुन् । 

जुन गत वर्षको सोही अवधिको तुलनामा २७.३२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ४४ हजार ३६९ जना विदेशी पर्यटकहरु हवाई मार्ग हुँदै नेपाल आएका थिए । 

अध्यागमन विभागका अनुसार गत जुलाई महिनामा मात्र २ हजार ९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । 
कोभिड–१९ को संक्रमण र सन्त्रास अझैं कायमै रहिरहेको अवस्थामा एसियन (सार्क) मुलुकहरूबाट मात्र एक हजार १३१ जना, अन्य एसियन मुलुकहरु, चीन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, म्यानमार, थाइल्याण्ड लगायतबाट जम्मा १३३ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ । 

यस्तै, युरोपियन मुलुकहरूबाट गत जुलाईमा ४१७ जना, सामुद्रिक मुलुकहरूबाट ५२ जना र अमेरिकन मुलुकहरूबाट अधिकतम ८९७ जना आएको विभागले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।