शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा बर्दियाको जोगी गाउँमा

सोमबार, १८ साउन २०७८, १८ : ५६
सोमबार, १८ साउन २०७८

बर्दिया । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका जोगीगाउँ बजारमा शाखा रहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । 

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारूलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले बताएको छ ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एवं बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप