शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शंकर ग्रुपसँग सहकार्य गर्दै रियलमी, सन् २०२२ सम्म नेपालको उत्कृष्ट मोबाइल ब्रान्ड बन्ने दावी

सोमबार, १८ साउन २०७८, १९ : ०९
सोमबार, १८ साउन २०७८

काठमाडौं । स्मार्ट फोन ब्रान्ड रियलमीले नेपालमा आफ्नो बजारीकरण अझ सशक्त पार्दै नेपाली उपभोक्ता माझ उत्कृष्ट श्रेणीका उत्पादनहरु प्रस्तुत गर्ने घोषणा गरेको छ । साथै कम्पनीले सन् २०२२ सम्म नेपालको उत्कृष्ट २ मोबाइल ब्रान्डमा पर्ने दावी समेत गरेको छ ।

आफ्नो मुख्य रणनीति स्वरुप रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोनहरु नेपाली बजारमा विभिन्न मूल्य श्रेणीमा पु¥याउने तयारी गरेको छ । 

नेपाली बजारको लागि रियलमीले शंकर ग्रुपका साथ सहकार्य गर्ने भएको छ । शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा आफ्नो विभिन्न उत्पादनहरुको पहुँच र पकड बनाउन अरुसँग पनि सहकार्य गर्ने जनाएको छ । 

रियलमीका उपाध्यक्ष तथा रियलमी भारत रयुरोपियन बजारका सीईओ माधव शेठले नेपाली बजारको लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने भएको हो । माधव शेठको कुशल नेतृत्वका कारण रियलमी भारतका साथै चेक रिपब्लिक र ग्रीसमा उत्कृष्ट चारमा पर्न सफल भएको दावी गरे । उनले भारतमा फाइभ जी स्मार्ट फोन मध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको हिस्सा २३ प्रतिशत रहेको पनि बताए । 

यसै अवसरमा शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवालले नेपाली बजारका लागि रियलमीको डिष्ट्रिव्युटरका हिसावले नेपाली उपभोक्ता माझ नविनतम् प्रविधिका उत्पादनहरु मितव्ययी मूल्यमा ल्याउन सक्ने अपेक्षा लिएको बताए । 

काउन्टर पोइन्टको अध्ययन अनुसार स्मार्टफोनको विश्व बजारमा यस वर्ष रियलमीको बिक्री १३५ प्रतिशतले बढेको र पहिलो वर्षका दोस्रो त्रैमासिक रिपोर्ट अनुसार यस वर्ष यसको बिक्री १७ प्रतिशतले बढेको छ । जस अनुसार कुल १० करोड भन्दा बढी बिक्री भएको अनुमान छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप