शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्धि फाइनान्समा शुन्य प्रतिशतमा कर्जा

सोमबार, १८ साउन २०७८, १९ : १६
सोमबार, १८ साउन २०७८

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र सबल सप्लायर्स बीच कन्जुमर ईएमआई कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ । 

अब ५० हजार देखि ५ लाख सम्मको सामाग्री खरिदमा शुन्य प्रतिशत व्याजदरमा सबल सप्लायर्स तथा फाइनान्स कम्पनीका ग्राहकहरुले ६ महिना देखि ३६ महिना सम्मका लागि उक्त कर्जा सुविधा पाउनेछन् । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र सप्लायर्सका वत्स शाक्यले हस्ताक्षर गरे । 

फाइनान्स कम्पनीको बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकहरुलाई मध्यनजर गर्दै बनाइएको छ । यो कर्जाले ग्राहकहरुलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप