प्रदेश नं १ मा ७७३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ को मृत्यु
सोमबार, १८ साउन २०७८, १९ : ४२
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र एक हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा छ, उदयपुरमा पाँच, खोटाङमा तीन, पाँचथर र तेह्रथुममा दुई–दुई, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १२ जनामा सङ्क्रमण देखिएको छ ।
सोही अवधिमा प्रदेशमा ८३४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३७९ महिला र ४५५ पुरुष रहेको छन् । सो अवधिमा यसै कारण चार महिलासहित ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज विराटनगरमा कोही पनि सङ्क्रमित भएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै